Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

तान्जानियामा बाढीको ताण्डब ः१ सय ५५ को मृत्यु लाखौँ विस्थापित

  • 272
    SHARES
  • 272 Shares
  • जनचाहना न्यूज
    एजेन्सी 
    तान्जानियामा भएको भारी वर्षापछिको बाढी र पहिरोमा परी कम्तीमा १ सय ५५ जनाको मृत्यु भएको छ । एल निनो वर्षाका कारण साढे दुई सय भन्दा बढी घाइते भएका छन् । वर्षाका कारण साढे २ लाख भन्दा बढी मानिस प्रभावित भएका छन् । 
    तान्जानियाका विभिन्न स्थानमा तीव्र हावा, बाढी र पहिरोसँगै आएको भारी एल निनो वर्षाले ठूलो क्षति पुगेको    छ । वर्षा र बाढीका कारण जनधनको क्षतिसँगै खेतीपाती र सर्वसाधारणको घर बगाएको छ । बाढीले सडक, पुल र रेलवेजस्ता पूर्वाधारमा समेत क्षति पुगेको बीबीसीले जनाएको छ । 
    त्यहाँको मौसम विभागले आगामी महिनासम्म एल निनो वर्षा जारी रहने प्रक्षेपण गरेको छ । एल निनो वर्षाको असर छिमेकी मुलुकमा पनि परेको छ ।
    भारी वर्षाका कारण छिमेकी मुलुक केन्या र बुरुन्डीमा पनि बाढी गएको छ । बाढीका कारण त्यहा पनि मानवीय संकट देखिएको छ ।

     

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार