Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

पूर्वी अफ्रिकी देश केन्यामा बाँध फुट्दा ४२ जनाको मृत्यु

  • 257
    SHARES
  • 257 Shares
  • एएफपी

    नैरोबीक १७ बैशाख 
    केन्याको राजधानी नैरोबीको उत्तरमा रहेको एउटा सहरमा बाँध फुट्दा कम्तीमा ४२ जनाको मृत्यु भएको स्थानीय गभर्नरले एएफपीलाई बताएका छन् । 
    पूर्वी अफ्रिकी देश केन्याले भारी वर्षा र बाढीको सामना गरिरहेको छ ।
    ‘बाँध फुट्दा ४२ जनाको मृत्यु भएको अस्पष्ट अनुमान गरिएको छ, अहिले पनि धेरै मानिस माटोमा छन्, हामी पुनःप्राप्तिका लागि काम गरिरहेका छौँ,’ नाकुरू काउन्टीका गभर्नर सुसान किहिकाले भने । 
    माई महिउको रिफ्ट भ्याली सहर नजिकैको बाँध फुटेर घर तथा सडकलाई बगाएको छ । यसअघि अधिकारीहरूले केन्यामा मार्चयता ७६ जनाले ज्यान गुमाएको जानकारी दिएका थिए । 
    सामान्यभन्दा भारी वर्षाले पूर्वी अफ्रिकामा एल निनो मौसमको ढाँचाले जटिल बनाएको थियो। सन् २०१८ मेमा भीषण वर्षा र बाढीको बेला नाकुरू काउन्टीको सोलाईमा पनि बाँध फुट्दा दर्जनौँ व्यक्तिको मृत्यु भएको थियो ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार