Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

पाकिस्तानमा ६० वर्ष यताकै भिषण वर्षा,१४४ जनाको मृत्यु

  • 249
    SHARES
  • 249 Shares
  • एजेन्सी 
    पाकिस्तानमा ६० वर्षयताकै भिषण वर्षा भएकोे छ । गत अप्रिलमा ‘सबैभन्दा बढी वर्षा भएको छ । सन् १९६१ पछि सबैभन्दा धेरै वर्षा गत अप्रिलमा रेकर्ड भएको त्यहाँको मौसम विभागले जनाएको छ । 
    विभागका अनुसार गएको अप्रिल महिनामा सामान्यभन्दा दुई गुणा बढी ५९ दशमलव तीन मिलिमिटर वर्षा भएको अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ । 
    यो सामान्य औसत २२ दशमलव पाँच मिलिमिटरभन्दा ‘अत्यधिक’ रहेको पाकिस्तानको मौसम विज्ञान विभागले जनाएको छ ।
    भारी वर्षाका कारण चट्याङ र घर भत्किँदा कम्तीमा एक सय ४४ जनाको ज्यान गएको छ । सबैभन्दा धेरै वर्षा दक्षिणपश्चिम प्रान्त बलुचिस्तानमा औसतभन्दा चार सय ७३ प्रतशित धेरै भएको रेकर्ड गरिएको छ । 
    पाकिस्तानमा देखिएको अप्रत्याशित मौसम परिवर्तनका साथै सामान्यतया जुलाईमा आउने विनाशकारी मनसुनी वर्षा भन्दा अगावै भएको वर्षाका कारण सर्वसाधारण अहिलेदेखि नै त्रसित हुन थालेका छन् ।

     

     

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार