Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

भारतका प्रधानमन्त्री मोदीले लिए तेस्रो कार्यकालको शपथ

  • 299
    SHARES
  • 299 Shares
  • काठमाडौं ।  भारतका  प्रधानमन्त्री नरेन्द्र मोदीले तेस्रो कार्यकालको शपथ लिएका छन्। राष्ट्रपति भवनमा आयोजित एक   समारोहमा आइतबार मोदीले राष्ट्रपति द्रौपदी मुर्मुसमक्ष प्रधानमन्त्री पदको शपथ लिएका हुन्। शपथ समारोहमा छिमेकी राष्ट्र प्रमुख, सरकार प्रमुख तथा अन्य विशिष्ट अतिथिहरूको उपस्थिति रहेको थियो । मोदीसँगै उनको मन्त्रिपरिषद्का सदस्यहरूले पनि शपथ लिएका छन्। मोदीले शपथ लिएपछि यसअघिको मन्त्रीमण्डलमा रक्षा मन्त्री रहेका  राजनाथ सिंहले शपथ लिए । यसैगरी पहिले गृहमन्त्री रहेका अमित शाह तेस्रो नम्बरमा  शपथ लिएका छन्। त्यस्तै नितिन गडकरी, बीजेपी अध्यक्ष जेपी नड्डा, एस जयशंकर, निर्मला सितारमण लगायतले पनि मन्त्रीको शपथ लिएका छन्।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार