एजेन्सी
विभिन्न देशबाट हजका लागि साउदी अरब गएकामध्ये गर्मीका कारण हजार भन्दा बढी तिर्थालुको मृत्यु भएको छ । साउदी सरकारले १ हजार ३ सय १ जनाको मृत्यु भएको पुष्टि गरेको छ । साउदी अधिकारीहरुका अनुसार मृतकमध्ये अधिकांस अनाधिकृत तीर्थयात्रीहरू छन् उनीहरुले चर्को गर्मीमा लामो दूरीसम्म पैदल यात्रा गरेका थिए । साउदीमा यस पटक तापक्रम ५० डिग्री सम्म पुगेको थियो । ज्यान गुमाउनेमध्ये तीन चौथाई भन्दा बढीसँग त्यहाँ जाने आधिकारिक अनुमति नभएको साउदी सरकारको दाबी छ ।
स्वास्थ्य मन्त्री फहद अल–जलाजेलले गर्मीबाट तिर्थालुलाई जोगाउदै यस्ता घटना न्यूनिकरणका लागि सचेतनामूलक कार्यक्रममार्फत प्रयास जारी राखिएको बताए । मन्त्रालयले झण्डै ५ लाख तिर्थालुको उपचार गरेको जनाएको छ । गर्मीका कारण अझै धेरै विरामी अस्पतालमा उपचाररत छन् । हजलाई सुरक्षित बनाउन नसकेको भन्दै साउदी अरबको सर्वत्र आलोचना भएको छ । साउदी अरेबियाको राष्ट्रिय मौसम विज्ञान केन्द्रका अनुसार मक्काको तापक्रम ५१ द्यशमलव ८ डिग्री सेल्सियससम्म पुगेको छ । मृतकहरु मध्ये ६५८ जना इजिप्टका नागरिक भएको बताइएको छ । इन्डोनेसियाले आफ्ना २०० भन्दा बढी नागरिकको ज्यान गुमाएको बताएको छ भने भारतले ९८ जनाको मृत्यु भएको जनाएको छ । पाकिस्तान, मलेसिया, जोर्डन, इरान, सेनेगल, सुडानले पनि आफ्ना नागरिकको मृत्यु भएको बताएका छन् । हजका लागि यस वर्ष करिब १८ लाख मानिस मक्का मदिना पुगेकोे साउदी अरेबियाले जनाएको छ ।
प्रकाशक / कार्यकारि सम्पादक : सानेबहादुर नेपाली
सम्पादक : प्रेम बहादुर कोइराला
कानुनी सल्लाहकार : अमृत बहादुर नेपाली
सूचना बिभाग दर्ता नं ३०२२–०७८/०७९
घरेलु प्रा.फ.र.नं ११५५९–०७८÷०७९
© 2026 All right reserved to janachahana.com | Site By : Sobij