प्रहरी कार्यालयहरुमा बारम्वार अनलाइन ठगी सम्बन्धी उजुरी र निवेदन परी जनसाधारणले ठगिएको महसुश गरिएको कारणले यस लेख मार्फत त्यस्ता ठगीहरूलाई न्यूनीकरण गर्न मद्दत पुग्ने हेतुले यो लेख लेख्ने प्रयास गरिएको छ ।यो बिषय बस्तुको अध्ययन पश्चात पाठक बर्गको सचेतनामाअभिबृद्दि हुनजाने र ठगिने क्रम न्यून हुने अपेक्षा समेत लिइएको छ । सामान्यतया अनलाइन ठगी भन्नाले बिविध सामाजिक सञ्जालहरुको प्रयोगमार्फत सर्वसाधारण नागरिकहरूलाई बिभिन्न प्रलोभन, लोभ लालचमापारी आर्थिक ठगी गर्ने कार्यलाई अनलाइन ठगी भन्ने बुझिन्छ। बिशेष गरी व्हाट्स एप,भाइवर,इमो फेसबुक मेसेन्जर लगायतका अनलाइन एप्लिकेसनहरु यस्ता अनलाइन ठगीको माध्यमहरू हुन् ।
ठगी गर्ने वर्तमान प्रवृत्तिहरुः
१.इमो मार्फत सर्वसाधारण मानिसहरूलाई कल गर्ने र तपाइँलाई २५ लाख भारतीय रूपैयाँको के.बि.सी चिट्ठा परेकोले सो को लागि तपाइँले पाँचलाख नेपाली रूपैयाँ कर तिर्नु पर्दछ । तपाइँको खाता नं. पठाइदिनु, तपाइँले अहिलेलाई २५ हजार र पछि पटक पटक गरी ५० हजारको दरल आइएमई,बैक टान्सफर गरे पनि हुन्छ भनेर बिभिन्न प्रलोभन देखाई पैसा हाल्न लगाउने र जतिसम्म पीडितले पैसा हाल्न सक्छन् बिभिन्न बहाना बनाई लगातार पैसा हाल्न लगाउने जवसम्म पीडितलाई आफू ठगिएको थाहा हुँदैन तबसम्म निरन्तर पैसा पठाइरहने गरेको प्रहरीको सम्पर्कमा आएका पीडितहरूले बताउने गरेको पाइन्छ।
२.प्रकरण नं. १ मा लेखिए बमोजिम अन्य सामाजिक सञ्जाल भाइबर,व्हाट्स एप प्रयोग गरी ठगी गर्ने गरेको समेत देखिन्छ ।
३.फेसबुक मेसेन्जरको प्रयोग गरी बिभिन्न कार्यक्रमको लागि प्रलोभन र झुक्यानमा पारी अनलाइन मार्फत ठगी गर्ने गरेको समेत पाइन्छ जस्तो फेसबुकमा आफू अन्तरराष्ट्रिय अस्पतालको डाक्टर भएको र तपाइँको ठाउँमा केही रकम लगानी गरी अस्पताल खोलिदिने आफ्नो इच्छा भएकोले सो को लागि वाताबरण तयार गर्नुस त्यो अस्पतालको मुख्य मानिस तपाइँलाई बनाउँछु । सो कार्यको शुरुवाती चरणमा तपाइँले केही रकम योगदानगर्नुस भनेर एकजना पीडितलाई झण्डै ६ लाख रूपैया ठगी गरे पश्चातमात्रै निज पीडित प्रहरीको सम्पर्कमा पुगेको बारेमा यस पङ्क्तिकार स्वयमं जानकार रहेको थियो ।
४.ह्वाट्सएपको प्रयोग गरी तपाइँलाई एउटा सामानचिट्ठाको रूपमा परेको र त्यो सामानकुरियर गरी पठाउदाँ नेपाली ४० हजार रूपैया लाग्ने हुँदा सो रकमको माग गरी ठगेको पीडितहरूले प्रहरीकोमा गुनासो र उजुरी गरेको पाइन्छ ।
५.एक जनामहिला प्रेमजालमा परी आफ्नो बैंक खाता र इसेवाको पासवर्ड दिँदाआफ्नो खाताको रकम गायव भएको र पछि सो मानिस सम्पर्कमा नआए पश्चात प्रहरी कार्यालयमा उजुरी गर्न आएकी
थिइन ।
६.यसरी ठगिएका रकमहरूको स्थानान्तरण हेर्दा आइएम ई गरी पठाइएका रकमहरू प्रायस् भारतको सीमान ाजोडिएका बैंकका शाखाहरु मार्फत भुक्तानी लिएको देखिन्छ ।
७. ठगहरूले हिन्दी भाषाको प्रयोग गरी कलगर्ने गरेको पाइन्छ ।
८.सकेसम्म कसैलाई पनि यस्तो कुरा नभन्न र प्रहरीलाई त झनभन्नै नहुने कुरा ठगहरूले पीडितलाई आग्रह गर्ने र अन्तिममा त धम्क्याउने समेत गरेको पाइन्छ ।
९. ठगहरुले सकेसम्म महिलालाई पीडित बनाएको देखिन्छ ।
१०.सामाजिक सञ्जालहरुमा ठगहरूको प्रोफाइल र आई.डी. बैकहरूको लोगो राख्ने गरेको पाइन्छ ।
११.चिट्ठा परेको फर्जी टिकटहरूको फोटो पठाई पीडितहरुलाई ठगी गरेको देखिन्छ ।
१२.कुनै पनिमानिसको फेक आई.डी.बनाई निजहरुका आफन्तहरूलाई बिभिन्न बहानामा आफुलाई दुःख,समस्या परेको र केही रकम आवश्यक परेको भनी भावात्मक रूपमा ब्लाकमेलिङ्ग गर्ने गरेको गुनासो देखिन्छ ।
१३. ठगी गर्ने ब्यक्तिहरुले अनलाइनको प्रयोग गरी संसारको कुनै पनि ठाउँमा बसेर ठगी गर्ने र ठग्न सक्ने हुने हुँदा सामाजिक सञ्जालमार्फत हुने ठगी कार्यको अनुसन्धानमा प्रहरीलाई समेत निकै मेहनत र समय लाग्ने हुन्छ ।
१४.ठगहरूले सामाजिक संजालको प्रयोग त गर्ने तर यसको सुरक्षित प्रयोगको ख्याल नराख्ने शिक्षित बर्गका प्रायस् महिलाहरूलाई पिडित बनाइएको पाईन्छ ।
माथि बिभिन्न उल्लेखित बाहेक पनि ठगहरूले अन्य प्रवृत्तिहरूको प्रयोग गरी अनलाइन ठगी गर्न सक्ने हुन्छन् ।
अनलाइन ठगीबाट जोगिने उपायहरूः
१.आफूले नचिनेको ब्यक्तिसँग सकेसम्म कुरा नगर्ने ।
२.सामाजिक सञ्जालहरूको प्रयोग सुरक्षिततवरले गर्ने ।
३.आधिकारिक ब्यक्ति, संस्थाको यकीन गरेर मात्र आर्थिक कारोवार गर्ने।
४.अनावस्यकप ्रलोभनमा नपर्ने।
५.अनलाइन आर्थिक कारोवारका पासवर्ड कसैलाई पनि नदिने, आफ्ना आर्थिक कारोवारहरू गोप्य राख्ने।
६.नचिनेका मानिसहरूको साथीबन्ने अनुरोधलाई सकेसम्म स्वीकार नगर्ने ।
७. आफूलाई ज्ञान नभएका आर्थिक गतिबिधिहरु बारे आफ्नो नजिकको मानिसहरुसँग सरसल्लाह गरेर मात्रगर्ने ।
८.परिचित नभएका र अनावस्यक अनलाइन लिन्कहरु नखोल्ने, नहेर्ने, बरू डिलिट गर्ने ।
९.आफूलाई सङ्का लागेमा तुरुन्तै साइबर ब्यूरोको नं. ९८५१२८६७७१ वाप्रहरी कन्ट्रोल १०० माप्रहरीलाई खबर गर्ने ।
अन्त्यमा,बर्तमान अवस्थामा अनलाइनको कारोवार सजिलो त्यो बेलासम्म हुन्छ जुन बेलासम्म हामी यसको प्रयोग सुरक्षित रूपले गर्दछौं। असुरक्षित रुपले गरिएको सामाजिक सञ्जालहरूको प्रयोगले आफ्नो आर्थिक कारोवारको साथै इज्जत प्रतिष्ठा माथि पनि आँच आउने हुँदा सदैब सुरक्षित तबरले मात्रै सामाजिक सञ्जालको प्रयोग गर्ने बानीको बिकास गरौँ। हामीलाई बाटोमा ठेस लाग्नपनि बाटो नहेरी हिडेको हुनुपर्छ भने कोहि कसैले लाखौंको उपहार तेत्तिकै सित्तैमा दिदैन । सधैँ सचेत बनौं, कोहि पनि कहिल्यै पनि प्रलोभनमा पर्ने कार्य नगरौं । माछो समेत लोभमै परेर बल्छिमा पर्न पुग्दछ, तसर्थ ह्याकर्र्रको फिसिड जालमा पर्नबाट बेलैमा सचेत बनौं ।
लेखक ः प्रहरी नायब उपरीक्षक डिएसपी
हालअन्र्तराष्ट्रिय बिमानस्थल सुरक्षाकार्यलय काठमान्डौंमा कार्यरत हुनुहुन्छ ।
प्रकाशक / कार्यकारि सम्पादक : सानेबहादुर नेपाली
सम्पादक : प्रेम बहादुर कोइराला
कानुनी सल्लाहकार : अमृत बहादुर नेपाली
सूचना बिभाग दर्ता नं ३०२२–०७८/०७९
घरेलु प्रा.फ.र.नं ११५५९–०७८÷०७९
© 2026 All right reserved to janachahana.com | Site By : Sobij