भारत ६ साउन
भरतको केदारनाथ यात्रा मार्गमा आइतबार बिहान पहिरो खस्दा तीन जनाको मृत्यु भएको छ । समाचार एजेन्सी पीटीआईका अनुसार घटनामा तीन जनाको मृत्यु हुनुका साथै दुई जना घाइते भएका छन् । दुर्घटनाका सम्बन्धमा उत्तराखण्डका मुख्यमन्त्री पुष्कर सिंह धामीले घटनास्थलमा राहत र उद्धारको काम भइरहेको, यस सम्बन्धमा अधिकारीहरूसँग निरन्तर सम्पर्कमा रहेको बताउनुभयो । ‘दुर्घटनामा घाइते भएकाहरुलाई तत्काल राम्रो उपचारको व्यवस्था गर्न निर्देशन दिएको छु उहाँले भन्नुभयो ।