एजेन्सी १६ साउन
भारतको केरलामा बाढी र पहिरोमा परि मृत्यु भएकामध्ये १ सय २३ जनाको शव फेला परेको छ । दर्जनौ मानिस घाइते भएका छन् । भारी वर्षाका कारण पहिरो जाँदा फसेका अन्य ७ सय जनाको भने उद्धार गरिएको छ । सयौं मानिस पहिरोमा पुरिएको आशंका गरिएको छ ।
केरलाको दक्षिणी तटीय राज्यमा जारी मुसलधारे वर्षाले मानिसहरु त्रासमा बाचेका छन् । वायनाड जिल्लाको प्रकोप क्षेत्रमा जाने बाटो अवरुद्ध हुँदा प्रभावित क्षेत्रमा पुग्न सरोकारवालाई समस्या भएको बीबीसीले जनाएको छ । सरकारी अधिकारीका अनुसार प्रभावित क्षेत्रबाट अहिलेसम्म १ सय २३ जनाको शव फेला परेका छन् । केरलाका मुख्यमन्त्री पिनाराई विजयनले अधिकांश मानिस सुतिरहेका बेला पहिरो गएकाले मानवीय क्षति भएको बताउनुभयो । पहिरोले भौतिक संरचनाका साथै महत्वपूर्ण सम्पदामा समेत क्षति पुगेको छ । उद्दार र राहतकालागि सेना परिचालन गरिएको छ । केन्द्र सरकारले घटनामा घाइते पीडित परिवारलाई दुई लाख रुपैयाँ क्षतिपूर्ति दिने घोषणा गरेको छ । केरलामा थप वर्षा र तीव्र हावाको पूर्वानुमान गरिएको छ ।
धेरै घरहरू बगाउँदा झण्डै ८ सय जना फसेकामा ७ सय जनालाई सुरक्षित ठाउँमा सारिएको छ । ठूलो पानी परेपछि खसेको पहिरोको घटनालाई लिएर वायनाड र छिमेकी जिल्लामा उच्च सतर्कता कायम गरिएको छ । १४ मध्ये १० वटा जिल्लाका शैक्षिक संस्थाहरू बन्द गरिएका छन् । केरला सरकारले आज र भोलि दुई दिने शोकको घोषणा गरेको छ ।नेपाल भ्यूज
प्रकाशक / कार्यकारि सम्पादक : सानेबहादुर नेपाली
सम्पादक : प्रेम बहादुर कोइराला
कानुनी सल्लाहकार : अमृत बहादुर नेपाली
सूचना बिभाग दर्ता नं ३०२२–०७८/०७९
घरेलु प्रा.फ.र.नं ११५५९–०७८÷०७९
© 2026 All right reserved to janachahana.com | Site By : Sobij