Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

बङ्गलादेशमा पुन ः चर्कियो सरकार बिरोधी प्रदर्शन, एकै दिन १४ जनाको मृत्यु, देशैभर कर्फ्यू

  • 250
    SHARES
  • 250 Shares
  • बङ्गलादेश २० साउन
    बङ्गलादेशमा पुनः सरकार विरोधी प्रदर्शन चर्किएको छ । आइतबार कम्तीमा १४ जनाको मृत्यु भएपछि सरकारले अनिश्चितकालीन कर्फ्यू लगाएको छ । 
    त्यहाँको गृह मन्त्रालयले आइतबार साँझ ६ बजेदेखि अनिश्चितकालाका लागि कर्फ्यू घोषणा गरेको हो । सबै प्रमुख सहरका साथै, नगरपालिका, औद्योगिक क्षेत्र र जिल्ला सदरमुकाममा कर्फ्यू लगाइएको छ।  यसअघिको लगाइएको कर्फ्यू आइतबार बिहान ६ बजेदेखि खुकुलो बनाइए लगत्तै प्रदर्शन सुरु भएको थियो । प्रदर्शनकारीले प्रधानमन्त्री शेख हसिनाको राजीनामा माग गरिरहेका छन् । 
    प्रहरीले प्रदर्शन नियन्त्रणका लागि गोली चलाएको छ । जसका कारण कम्तिमा १४ जनाको मृत्यु हुनुका साथै सयौं घाइते भएको अन्तराष्ट्रिय संचारमाध्यमले जनाएका छन् । सरकार विरुद्ध अवज्ञा आन्दोलनको घोषणा गरेका प्रदर्शनकारी विद्यार्थीले  कर र पानी, बिजुली लगायतका बिलको पैसा नतिर्न आह्वान गरेका छन्।
    केही साताअघि कोटा प्रणाली खारेजीको माग गर्दै प्रदर्शनमा उत्रिएका विद्यार्थी नै अहिले प्रधानमन्त्रीको राजीनामाको माग सहित सडकमा आएका हुन् ।
    यसअघिको प्रदर्शनका क्रममा २०० भन्दा धेरैको ज्यान गएको थियो । हालसम्म करिब १० हजार विपक्षी दलका समर्थक र विद्यार्थीलाई नियन्त्रणका लिइएको छ। 
    प्रधानमन्त्री शेख हसिनाको पार्टी अवामी लीगले आइतबार नै देशव्यापी र्‍यालीको आयोजना गरेको थियो ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार