एजेन्सी
देशमा हिंसात्मक प्रदर्शनपछि बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएकी छन् । उनले सोमबार राजीनामा दिएसँगै देश छाडेको बताइएको छ । बीबीसीको बांग्ला सेवाका अनुसार बंगलादेशको प्रधानमन्त्री निवासमा प्रदर्शनकारी प्रवेश गरेका छन् ।
बंगलादेशमा गत महिनादेखि आरक्षणको विरोधमा आन्दोलन हुँदै आएको छ । तर शेख हसिनाले आन्दोलनमा उठेका माग सम्बोधन गर्न चासो देखाएकी थिइनन् । आइतबार विरोध प्रदर्शन उग्र भएको थियो । सोमबार पनि प्रदर्शनकारी ठुलो संख्यामा सडकमा उत्रिएका थिए ।शरण लिन आउँदै गरेकी हसिना
भारतको शरण लिन जाँदै
त्यसैगरी सरकार विरोधी प्रदर्शन थाम्न नसकेपछि देश हिँडेकी बंगलादेशकी प्रधानमन्त्री शेख हसिना सवार सैन्य जहाज भारतको आकाशमा पुगेको छ सैन्य हेलिकप्टर बिहार हुँदै दिल्ली जाँदै छ । देश छाडेलगत्तै राजीनामा दिएकी हसिना शरणका लागि भारत आउन लागेकी हुन् । उनको जहाज दिल्लीमा अवतरण हुने जनाइएको छ ।
पदबाट राजीनामा दिएकी प्रधानमन्त्री हसिना आफ्नी बहिनी शेख रिहानासँगै हेलिकोप्टरमा बङ्गलादेशको राजधानी ढाकाबाट प्रस्थान गरेकी थिइन् ।
बङ्गलादेश आर्मी प्रमुख जनरल वाकर उज–जमानले राष्ट्रको नाममा संबोधन गर्दै शासन सत्ता हातमा लिएको बताएका छन् । छिट्छै दलहरु सम्मिलत अन्तरिम सरकार बनाउने सेनको घोषणा छ ।