Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

बंगलादेशमा अवामी लिग नेताको होटलमा आगलागी, २४ जनाको मृत्यु,उद्धार कार्यमा ढिलाई

  • 299
    SHARES
  • 299 Shares
  • एजेन्सी
    बंगलादेशको एक होटलमा आगलागी हुँदा २४ जनाको मृत्यु भएको छ । रिपोर्टका अनुसार सो होटलमा सोमबार आगलागी भएको थियो । जबीर इन्टरनेशनल होटल अवामी लिगका निकटतम सदस्यको होटल हो । बंगलादेशको दैनिक पत्रिका ‘डेली स्टार’का अनुसार आगो नियन्त्रणमा लिन उद्धार टोलीलाई १२ घण्टा लागेको थियो । अखबारको रिपोर्टका अनुसार प्रदर्शनकारीहरूले फायर फाइटरहरूलाई लामो समयसम्म होटलमा पुग्न दिएनन्, जसका कारण उद्धार कार्य ढिलो भएको थियो । उक्त होटल बंगलादेशको दक्षिण(पश्चिममा रहेको शहर जसोरमा  छ । यस होटलका मालिक शाहीन चक्लादार   हुन्, जो जसोर जिल्लाको अवामी लिग पार्टीका महासचिव हुन्। बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिना सन् १९८० को दशकदेखि अवामी लिग पार्टीकी प्रमुख हुन् । बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले विद्यार्थीको लामो प्रदर्शनपछि सोमबार राजीनामा दिएकी हुन् । हसिनाले बंगलादेश छोडेकी छिन् ।
    त्यसपछि सेनाले विद्यार्थी र सर्वसाधारणलाई शान्ति कायम राख्न अपिल गरेको भएपनि बंगलादेशका विभिन्न क्षेत्रबाट हिंसा, लुटपाट र आगजनीका समाचार आइरहेका छन् । 

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार