Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

रुसी सेनामा कार्यरत थप चार नेपालीको मृत्यु ः मृत्यु हुने नेपालीको संख्या ४० पुग्यो 

  • 420
    SHARES
  • 420 Shares
  • काठमाडौं १७ भदौ 
    रुसी सेनामा कार्यरत थप चार नेपालीको मृत्यु भएको छ । परराष्ट्र मन्त्रालय स्रोतकाअनुसार मृत्यु हुनेमा विमल लिम्बू, विक्रम चौधरी, डोमबहादुर आले र सुवास थापा छन् । यससँगै रुसी सेनामा मृत्यु हुने नेपालीहरूको संख्या ४० पुगेको छ । यो भदौ १४ सम्मको तथ्यांक हो । 
    मृत्यु हुनेहरुको ठेगाना खुलिसकेको छैन । सम्बन्धित निकायहरुसँग सोधपुछ गरेर ठेगाना पत्ता लगाउने प्रयास भइरहेको परराष्ट्र स्रोतले बतायो । सन् २०२२ फेब्रुअरी २४ का दिन रुसले युक्रेनमाथि आक्रमण गरेपछि सुरु भएको युद्धमा रुसले गैरकानुनी रूपमा नेपालीलाई भर्ती गरिरहेको छ ।

     

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार