Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

भारतको बिहार राज्यमा विषाक्त मदिरा सेवनबाट ३३ जनाको मृत्यु

  • 320
    SHARES
  • 320 Shares
  • तस्वीर ः बीबीसी हिन्दी
    एजेन्सी भारतको बिहार राज्यमा विषाक्त मदिरा सेवनबाट ३३ जनाको मृत्यु भएको छ । भारतीय सञ्चारमाध्यमकाअनुसार अक्टोबर १६ देखि बिहारको सारण र सिवान जिल्लामा विषाक्त मदिरा सेवनका कारण ३३ जनाको मृत्यु हो । बिहारका मुख्यमन्त्री नितिश कुमारले अधिकारीहरूलाई यस विषयमा उच्च स्तरीय समीक्षा गर्न र सबै बिन्दुहरूमा छानबिन गर्न निर्देशन दिएका छन् ।
    सन् २०२२ मा पनि मसरख र भगवानपुरमा विषाक्त मदिराका कारण मृत्यु भएको थियो । बिहारमा सन् २०१६ देखि पूर्णरुपमा रक्सी प्रतिबन्ध छ । तर, विषाक्त मदिराका कारण धेरै जनाको मृत्यु हुने गरेको  छ ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार