Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

व्यासका मेयर पाँच दिने भ्रमणमा 

  • 283
    SHARES
  • 283 Shares
  • जनचाहना न्यूज
    तनहुँको व्यास नगरपालिका नगरप्रमुख बैकुण्ठ न्यौपाने पाँच दिने चाइना भ्रमणमा प्रस्थान गर्नुभएको छ । युसीएलजी एसपीएसी ९यूनाइटेड सिटिज एण्ड लोकल गभर्नमेन्ट्स एशिया प्यासिफिक० को सेकेन्ड एक्जिक्युटिभ मिटिङमा सहभागिता जनाउनका लागि अक्टोबर २१ देखि २५ सम्म चाइना प्रस्थान गर्नुभएको हो। उक्त कार्यक्रममा उहाँले स्थानीय सरकारहरूका बीचमा सहयोग र साझेदारीलाई प्रवर्द्धन गर्न तथा नगरपालिकाको विकासमा अन्तर्राष्ट्रिय सञ्जालको महत्त्वबारे चर्चा गर्नुहुने अपेक्षा गरिएको छ। 
    श्री न्यौपाने युसीएलजी एसपीएसीको एक्जक्युटिभ बोर्ड सदस्यको रूपमा महत्वपूर्ण भूमिकामा हुनुहुन्छ, जहाँ उहाँले एशिया प्यासिफिक क्षेत्रमा स्थानीय सरकारहरूका लागि नीति, योजना र रणनीतिहरूमा योगदान पुर्याइरहनुभएको छ। यो बैठकले नगरपालिकाहरू बीचको आपसी सम्बन्धलाई मजबुत बनाउन, शहरी विकासका चुनौतीहरू समाधान गर्न, र नयाँ सम्भावनाहरूको खोजी गर्न अवसर प्रदान गर्नेछ।
    नगरप्रमुख न्यौपानेले यस बैठकमा व्यास नगरपालिकाको दृष्टिकोण र योजनाहरूलाई प्रस्तुत गर्ने अवसर प्राप्त गर्नुका साथै अन्य नगरपालिकासँग अनुभव आदानप्रदान गर्ने पनि बताइएको छ। यस्ता अन्तर्राष्ट्रिय कार्यक्रमहरूले नेपालका स्थानीय तहलाई अझ सशक्त र विश्वव्यापी परिप्रेक्ष्यमा योगदान पुर्याउन महत्त्वपूर्ण हुने अपेक्षा छ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार