Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

गाजामा इजरायली आक्रमणः ५० बालबालिकासहित ८४ जनाको मृत्यु

  • 257
    SHARES
  • 257 Shares
  • एजेन्सी 
     इजरायली सेनाको आक्रमणबाट गाजामा ८४ जनाको ज्यान गएको छ । शुक्रबार राति र शनिबार बिहान भएको आक्रमणबाट मृत्यु हुनेमध्ये ५० भन्दा बढी बालबालिका रहेको गाजा सरकारले जनाएको छ । त्यस्तै लेबनानमा इजरायलले गरेको हवाई आक्रमणबाट दर्जन मानिसको मृत्यु भएको छ ।
    यो आक्रमणलाई ‘क्रूर नरसंहार’का रूपमा वर्णन गरिएको अलजजिराको समाचारमा उल्लेख छ ।  यसैबीच अमेरिकाले पश्चिम एसियामा थप नौसेना, युद्धपोत, जेट, लडाकु विमान र लामो दूरीका बमवर्षक विमानजस्ता सैन्य संसाधन तैनाथ गर्ने घोषणा गरेको छ । यस्तै गाजामा पोलियोविरुद्धको खोप अभियानको तेस्रो चरण पुनः सुरु गरिने योजना अघि सारिएको छ । यसअघि इजरायली आक्रमण र उत्तर गाजाको जनसंख्याको ठूलो स्थानान्तरणका कारण यो अभियान रोकिएको थियो । 
    सन् २०२३ को अक्टोबर ७ देखि गाजामा इजरायली आक्रमण जारी छ । यसबाट कम्तीमा ४३ हजार २५९ प्यालेस्टिनीको मृत्यु भएको छ । यस्तै १ लाख १ हजार ८२७ घाइते भएका छन् ।  हमासको नेतृत्वमा भएको आक्रमणबाट इजरायलमा १ हजार १३९ मानिस मारिएका छन् । यसैगरी २०० भन्दा बढीलाई बन्धक बनाइएको अनुमान गरिएको छ । 
    शुक्रबार पनि इजरायलले गाजा र लेबनानमा आक्रमण गरेको थियो । जसबाट १४० जनाको ज्यान गएको थियो ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार