Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

इजरायलको हवाई आक्रमणबाट लेबनानमा ४० जनाको मृत्यु, ५३ घाइते

  • 282
    SHARES
  • 282 Shares
  • एजेन्सी २२ कार्तिक
    इजरायली हवाई आक्रमणबाट पूर्वी लेबनानको बेक्का भ्याली र बालबेक शहरमा ४० जनाको मृत्यु भएको छ । इजरायली सेनाले बुधबार राति गरेको बमबारीबाट ५३ जना घाइते भएको लेबनानको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 
    हवाई आक्रमणबाट बालबेक शहरस्थित रोमन खण्डहरहरूको नजिक रहेको एउटा ओटामन युगको भवनलाई गम्भीर रूपमा क्षति पुर्याएको छ, जुन युनेस्को विश्व धरोहरस्थलको नजिकै रहेको थियो । 
    इजरायली आक्रमणले बुधबार दक्षिणी बेइरुतलाई पनि निशाना बनाएको छ, जहाँ इजरायली सैनिकले हिजबुल्लाहका कमान्ड सेन्टर, हतियार भण्डारण र अन्य पूर्वाधारलाई लक्षित गरेको बताइएको छ । 
    यसैबीच, हिजबुल्लाहका लडाकुहरूले लेबनानबाट इजरायलतर्फ प्रक्षिप्त गरेको एक रकेटबाट एक इजरायली नागरिकको मृत्यु भएको छ ।

     

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार