Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

गाजा, लेबनान र सिरियामा इजरायली आक्रमण : ६६ जनाको मृत्यु

  • 338
    SHARES
  • 338 Shares
  • काठमाडौं । गाजा, लेबनान र सिरियामा इजरायलले गरेका आक्रमणमा परेर कम्तीमा ६६ जनाको मृत्यु भएको छ ।गाजा क्षेत्रको जबालियामा इजरायली सुरक्षा बलले सोमबार बिहान गरेको आक्रमणबाट ३६ जनाको ज्यान गएको अलजजिराको समाचारमा उल्लेख छ । यस्तै लेबनानको बेरुत नजिक अलमात गाउँमा भएको अर्को हमलामा २३ जनाको मृत्यु भएको छ ।इजरायली सुरक्षा बलले सिरियाको राजधानी दमास्कसमा पनि बमबारी गरेको छ । जहाँ एक आवासीय भवनमा हानि पुर्याउनुका साथै सात जनाको मृत्यु भएको सिरियाली रक्षा मन्त्रालयले जनाएको छ ।गाजाका चिकित्सा स्रोतहरूका अनुसार इजरायली सेनाले आइतबारमा कम्तीमा ४९ जना प्यालेस्टिनीको ज्यान लिएको थियो ।लेबनानको स्वास्थ्य मन्त्रालयले इजरायली आक्रमणबाट आइतबार ३८ जनाको मृत्यु भएको जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार