Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

देश कब्जा गर्ने नजिक सिरियाका विद्रोही ः राष्ट्रपति असद राजधानी छाडे 

  • 323
    SHARES
  • 323 Shares
  • एजेन्सी 
    सिरियाका विद्रोही देश कब्जा गर्ने नजिक पुगेका छन् । विद्रोहीले आक्रमण गरेपछि राष्ट्रपति बशर अल असद राजधानी दमास्कस छोड्न बाध्य भएका छन् । 
    विद्रोहीहरूले देशका प्रमुख सहरहरू कब्जा गर्दै राजधानी प्रवेश गरेपछि राष्ट्रपति असदले आइतबार बिहान दमास्कस छोडेको रोयर्टसले जनाएको छ ।
    सिरियाका दुई वरिष्ठ अधिकारीको स्रोत उद्धृत गर्दै रोयटर्सले राष्ट्रपति असदले राजधानी छाडेको समाचार लेखेको छ । यद्यपि विमानबाट दमास्कस छाडेका उनी कहाँ गए भन्ने जानकारी छैन । 
    विद्रोही समूह हयात तहरीर अल–शाम ९एचटीएएस० ले दमास्कसतर्फ अघि बढिरहेको भन्दै राष्ट्रपति असदले राजधानी छोडेको खबर आएको हो । 
    राजधानी दमास्कसमा गोली चलेको आवाज सुनिएको छ । सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सले राजधानी दमिस्कबाट एउटा निजी विमान उडेको र त्यसमा राष्ट्रपति असद हुनसक्ने जनाएको छ । सिरियामा विद्रोहीहरूले केही वर्षयताकै भयानक आक्रमण शनिबारदेखि जारी राखेका छन् । यस आक्रमणबाट राष्ट्रपति असदलाई ठूलो झड्का लागेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार