Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

भानुआटुमा भूकम्प जाँदा मृत्यु हुनेको संख्या १४ पुग्यो, २०० जना घाइते

  • 1.6K
    SHARES
  • 1.6K Shares
  • काठमाडौं ३ पुस
     भानुआटुमा भूकम्पका कारण मृत्यु हुनेको संख्या १४ पुगेको छ । मृतकको संख्या अझै बढ्न सक्ने बताइएको छ । भानुआटुमा मंगलबार गएको ७।३ म्याग्निच्युडको भूकम्पमा परी २०० जना घाइते भएका छन् । उनीहरूको उपचार भइरहेको बीबीसी हिन्दीको समाचारमा उल्लेख छ । सरकारी टोली बुधबार बिहान उद्धारमा व्यस्त छन् । भूकम्पबाट भवनहरू ध्वस्त भएको पाइएको छ । भानुआटु प्रहरीले सात दिनका लागि ‘आपतकालिन अवस्था’ लागू गरिएको जनाएको छ । मानिसहरूको आवतजावतलाई सीमित गर्नका लागि यो गरिएको हो । 
    भानुआटु दक्षिण प्रशान्त क्षेत्रमा पर्ने ८० साना टापुहरूको एक देश हो । यो फिजीको पश्चिम र अष्ट्रेलियाको पूर्वमा अवस्थित छ । यो सम्पूर्ण क्षेत्र सक्रिय भूकम्पीय क्षेत्रमा पर्दछ र यहाँ ठूलो संख्यामा भूकम्प र अन्य प्राकृतिक प्रकोपहरू भइरहन्छन् ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार