Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

मुम्बईको तटमा डुङ्गा दुर्घटना हुँदा तीन जना भारतीय नौसैनिकसहित १३ जनाको मृत्यु

  • 2.1K
    SHARES
  • 2.1K Shares
  • काठमाडौं ४ पुस
    भारतको मुम्बईस्थित गेटवे अफ इन्डिया क्षेत्रबाट गइरहेको यात्रुबाहक डुङ्गा एलिफेन्टा टापुमा पल्टिँदा मृत्यु हुनेको संख्या १३ पुगेको छ । ज्यान गुमाउने तीनजना भारतीय नौसैनिक पनि रहेका   छन् । यस दुर्घटनामा १३ जनाको मृत्यु भएको मुख्यमन्त्री देवेन्द्र फडणवीसले मिडियालाई जानकारी दिएको बीबीसी हिन्दीको समाचारमा उल्लेख छ । ‘नीलकमल नामको यात्रुवाहक डुङ्गा दिउँसो ३ः५५ बजे ठोक्किएर दुर्घटना भएको हो । १०१ जनाको उद्धार गरिएको छ । १३ जनाको मृत्यु भएको छ । यसमा तीनजना नौसैनिकको पनि मृत्यु भएको छ,’ उनले ‘जसको नौसेना अस्पतालमा उपचार भइरहेको छ ।’
    गृहमन्त्री फडणवीसले दुर्घटनामा ज्यान गुमाएकाका परिवारलाई मुख्यमन्त्री राहत कोषबाट पाँचरपाँच लाख रुपैयाँ दिने घोषणा पनि गरेका छन् । स्पीडबोटसँग फेरी ठक्कर खाँदा यो दुर्घटना भएको हो । डुङ्गामा ८० भन्दा बढी यात्रु सवार थिए । दुर्घटनापछि उद्धार टोली घटनास्थलमा पुगेको छ । भारतीय नौसेना, कोस्ट गार्ड, प्रहरी र स्थानीय माझीहरू उद्धार कार्यमा जुटेका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार