जनचाहना न्यूज
तनहुँ ५ पुस
तनहुँ क्षेत्र नं १ का प्रतिनिधी सभासदस्य डा. स्वर्णिम वाग्ललेको पहलमा २ सय ३२ जना विद्यार्थीलाई आज झोला वितरण गरिएको. छ । उक्त विद्यालयमा अध्यनरत प्लेग्रुपदेखि ८ सम्मका २ सय ३२ जना विद्यार्थीहरुलाई शुक्रबार विभिन्न शैक्षिक सामाग्री वितरण गरिएको हो । कार्यक्रमको उद्घाटन गर्नुहुदै प्रतिनिधी सासद डा.स्वर्णिम वाग्लेले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर बृद्धिका लागि पहल गर्नुपर्ने बताउनुभएको छ । हेलम्बु एजुकेशन एण्ड लभ्लि हुड (हेल्प) को सहयोगमा व्यास नगरपालिका वडा नं. १४ स्थित केशवटार माध्यमिक विद्यालयमा शैक्षिक सामाग्री वितरण गरिएको उहाँले बताउनुभयो ।
शैक्षिक वातावरण राम्रो नभएका कारण थातथलो छोडेर बाहिर जाने संस्कार बढिरहेकाले शिक्षा, स्वास्थ्यमा आधारभुत आवश्यकता पुर्ति गरिनु पर्नेमा उहाँले जोड दिनुभयो । गाउँघरमा रहेर केही इलम गर्छु भन्ने व्यक्तिका लागि स्वदेशमा बस्न सक्ने वातावरण सरकारले बनाउन पहल गर्नुपर्ने उहाँले जोड दिनुभयो ।
व्यास नगरपालिकाकै अभिन्न अंग भएर पनि बाटोघाटो लगायतका विभिन्न कुराहरुमा पछाडि परेकाले केशवटारबासीको विकासको लागि सांसदको तर्फबाट खेल्नुपर्ने भूमिकामा सक्दो मेहनत गर्ने उहाँले बताउनुभएको थियो ।
लम्बु एजुकेशन एण्ड लभ्लि हुड ( हेल्प) को सहयोगमा व्यास नगरपालिका वडा नं. १४ का केशवटार माध्यमिक विद्यालयमा शैक्षिक सामाग्री वितरण गरिएको हो ।
कार्यक्रमका बिशेष अतिथि वडा नं. १४ का अध्यक्ष काजिमान श्रेष्ठले लामो समयदेखि सडक कालोपत्रेको प्रतिक्षा गरिरहेको दमौली केशवटार मार्गको कालोपत्रे लागि सांसदको तर्फबाट सक्दो भुमिका खेल्न सांसद डा. वाग्लेलाई आग्रह गर्नुभएको थियो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कुमार थापाको अध्यक्षतामा भएको कार्यक्रममा हेलम्बु एजुकेशन एण्ड लभ्लि हुड ( हेल्प) का अध्यक्ष जिमी लामाले आगामी दिनमा पनि आफु यस विद्यालयमा आएको र आउदा दिनहरुमा पनि आफ्नो संस्थाले अझै सहयोग गर्ने बताउनुभएको थियो । उक्त कार्यक्रममा वडा नं. १४ का वडा सदस्यहरु दुर्गा आले, नरिमाया थापा लगायतको उपस्थिति रहेको थियो ।
प्रकाशक / कार्यकारि सम्पादक : सानेबहादुर नेपाली
सम्पादक : प्रेम बहादुर कोइराला
कानुनी सल्लाहकार : अमृत बहादुर नेपाली
सूचना बिभाग दर्ता नं ३०२२–०७८/०७९
घरेलु प्रा.फ.र.नं ११५५९–०७८÷०७९
© 2026 All right reserved to janachahana.com | Site By : Sobij