Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

पाकिस्तानमा १६ सैनिकको मृत्यु हुनेगरी आक्रमण 

  • 292
    SHARES
  • 292 Shares
  • इस्लामाबाद ।
     पाकिस्तानमा १६ सैनिकको मृत्यु भएको भएको आक्रमणमा तालिबान समूहको संलग्नता रहेको पाकिस्तानी तालिवान समूहले पुष्टि गरेको छ ।
    तालिबानको पाकिस्तानी शाखाले एक विज्ञप्ति जारी गर्दै ‘आफ्ना वरिष्ठ कमान्डरहरूको हत्याको बदलामा’ आक्रमण गरिएको बताएको हो । उक्त समूहले मेशिनगन र नाइट भिजन डिभाइसलगायत सैन्य सामग्रीको भण्डार पनि जफत गरेको दाबी गरेको छ । पाकिस्तानी सेनाले यस घटनाबारे अहिलेसम्म कुनै आधिकारिक धारणा सार्वजनिक गरेको छैन । 
    अफगानिस्तानमा सन् २०२१ मा तालिबान सत्तामा फर्किएदेखि नै पाकिस्तानले आफ्नो पश्चिमी सीमावर्ती क्षेत्रमा चरमपन्थी हिंसाको पुनरुत्थानसँग जुधिरहेको छ ।  इस्लामाबादले काबुलका शासकहरूले सीमा पारबाट पाकिस्तानमाथि आक्रमण गर्ने लडाकूहरूलाई निर्मुल पार्न असफल भएको आरोप लगाएको छ । 
    तेहरीक–ए–तालिबान पाकिस्तान ९टीटीपी०का नामले चिनिने पाकिस्तानी तालिबानको तीन वर्षअघि सत्तामा फर्केका अफगानी समकक्षीसँग वैचारिक समानता छ । 
    काबुलका नयाँ शासकहरूले अफगानिस्तानको भूमिबाट विदेशी लडाकू समूहलाई हटाउने प्रतिबद्धता जनाएका छन् । तर जुलाईमा संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्को एक प्रतिवेदनले त्यहाँ करिब ६ हजार ५०० टीटीपी लडाकू रहेको अनुमान गरेको थियो । अफगानी तालिबान समूहले टीटीपीलाई आतङ्कवादी समूहको रूपमा स्वीकार गर्दैन । 
    रिपोर्टमा भनिएको छ, ‘अफगान तालिबानले हतियार आपूर्ति र प्रशिक्षणका लागि अनुमतिसहित टीटीपी अभियानहरूमा तदर्थ समर्थन र सहिष्णुता राख्ने गरेका पाइन्छ ।’ 
    आक्रमणका घटनाले इस्लामाबाद र काबुलबीचको सम्बन्धमा तिक्तता ल्याएको छ । गत वर्ष पाकिस्तानले लाखौँ गैरकानुनी अफगानी आप्रवासीलाई देश निकाला गर्ने अभियान चलाउनुको एउटा कारण सुरक्षालाई पनि मानिएको थियो । 
    यसअघि, पाकिस्तानी गुप्तचर अधिकारीहरूले तालिवान समूहले शनिबार अफगानिस्तानसँग सीमा जोडिएको एक सैनिक चौकीमा रातभर गरेको आक्रमणमा परी १६ सैनिकको मृत्यु हुनुका साथै अन्य पाँच जना गम्भीर घाइते भएको बताएका थिए । 
    नाम नबताउने शर्तमा एक वरिष्ठ गुप्तचर अधिकारीले एएफपीलाई बताएअनुसार मध्यरातपछि करिब ३० जना लडाकूले पहाडी चौकीमा तीनतिरबाट आक्रमण गरेका थिए । 
    ‘आक्रमणमा परी १६ सैनिकको मृत्यु भएको छ भने पाँचजना गम्भीर घाइते भएका छन्,’ उनले भने, ‘लडाकूहरूले सुरक्षा जाँच चौकीमा रहेका वायरलेस सञ्चार उपकरण, कागजात र अन्य सामानहरूमा आगो लगाएका छन् ।’ 
    अर्का एक गुप्तचर अधिकारीले पनि अफगानिस्तानको सीमाबाट ४० किलोमिटर टाढा खैबर पख्तुनख्वा प्रान्तको माकेन क्षेत्रमा भएको आक्रमणमा परी मृत्यु हुने र घाइते हुनेको उक्त सङ्ख्यालाई पुष्टि गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार