Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

दक्षिण कोरियामा १८१ जना सवार विमान दुर्घटना

  • 752
    SHARES
  • 752 Shares
  • तस्वीर ः रोयटर्स ।
    काठमाडौं । दक्षिण कोरियाको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा विमान दुर्घटना भएको छ । करिब १८१ जना सवार विमान नेपाली समयअनुसार आइतबार बिहान दुर्घटनामा परेको हो । 
    अवतरणका क्रममा विमान धावनमार्गबाट चिप्लिएर पर्खालमा ठोक्किएको अनुमान गरिएको बीबीसी हिन्दीको समाचारमा उल्लेख छ । विमान दुर्घटनाको तस्वीर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ जसमा धुवाँ निस्किएको देख्न सकिन्छ । 
    यस घटनामा कति जनाको ज्यान गएको छ भने यकिन भएको छैन । दसक्षण कोरियाको समाचार एजेन्सी योनहापका अनुसार यस दुर्घटनामा कम्तीमा २८ जनाको मृत्यु भएको छ । दुर्घटनाको कारण चरासँग विमान ठोक्किएको देखिन्छ ।योनहेपले फायर डिपार्टमेन्टलाई उद्धृत गर्दै भनेको छ, ‘उद्धार एजेन्सीहरूले विमानको पछाडिबाट यात्रुहरूलाई बाहिर निकालेका छन् ।’

     


     

     

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार