Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

दक्षिण कोरियामा विमान दुर्घटना ः २ जनाबाहेक सबैको मृत्यु भएको आशङ्का,मृत्यु हुनेको संख्या ८५ पुग्यो

  • 2.0K
    SHARES
  • 2.0K Shares
  • एजेन्सी
    सोल । दक्षिण कोरियामा आइतबार बिहान भएको विमान दुर्घटनामा २ जना बाहेक सबै जनाको मृत्यु भएको हुन सक्ने आशङ्का गरिएको छ ।  दक्षिण कोरियाको सरकारी समाचार संस्था योन्ह्यापले छापेको समाचार अनुसार एक जना यात्रु र एक जना चालक दलका सदस्यलाई जीवितै उद्धार गरिएको छ । बाँकीको खोजी कार्य जारी रहेको भएपनि अरू सबै जीवित भेटिने आशा नभएको बताइएको छ ।
    दक्षिण कोरियामा भएको विमान दुर्घटनामा परी मृत्यु हुनेको संख्या ८५ पुगेको छ । आइतबार बिहान १० बजे सम्ममा मृत्यु हुनेको संख्या ८५ पुगेको बीबीसीको समाचारमा उल्लेख छ । दक्षिण कोरियाको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा आइतबार एउटा विमान अवतरणका क्रममा दुर्घटनामा परेको थियो । 
    बैंककबाट दक्षिण कोरिया फर्किरहेको जेजु एयरको विमान मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा दुर्घटनामा परेको थियो । विमानमा १८१ जना सवार थिए जसमा १७५ यात्रु थिए भने छ जना चालक दलका सदस्य थिए ।  ल्यान्डिङ गियरमा समस्याका कारण उक्त विमान दुर्घटना भएको योन्हापले बताएको थियो ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार