Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

विश्वकै सबैभन्दा वृद्ध व्यक्तिको ११६ वर्षको उमेरमा निधन

  • 1.3K
    SHARES
  • 1.3K Shares
  • टोकियो । विश्वकै सबैभन्दा वृद्ध व्यक्ति जापानी महिला टोमिको इटोकाको ११६ वर्षको उमेरमा निधन भएको छ ।

    चार छोराछोरी तथा पाँच नातिनातिना भएकी इटोकाको नर्सिङ होममा मृत्यु भएको दक्षिणी सहर आशियाका मेयरले एक विज्ञप्तिमार्फत जानकारी दिए ।

    उनको जन्म आशिया नजिकैको ओसाकाको वाणिज्य केन्द्रमा सन् १९०८ मे २३ मा भएको थियो ।

    स्पेनकी मारिया ब्रान्यास मोरेराको ११७ वर्षको उमेरमा अगस्ट सन् २०२४ मा मृत्यु भएपछि इटोकालाई विश्वको सबैभन्दा वृद्ध व्यक्तिको रूपमा मान्यता दिइएको थियो ।

     नेपालभ्युज

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार