Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

भारतको प्रयागराज कुम्भमेलामा भागदौड हुँदा कम्तीमा १५ जनाको मृत्यु,दर्जनौं घाइते

  • 1.3K
    SHARES
  • 1.3K Shares
  • भारत १६ माघ 
    भारतको उत्तर प्रदशेस्थित प्रयागराजमा जारी कुम्भमेलामा भागदौड हुँदा कम्तीमा १५ जनाको मृत्यु भएको छ । बुधवार राति करिब १ः३० बजेतिर कुम्भमेलाका क्रममा एउटा घाटमा भागदौड हुँदा  दर्जनौं घाइतेसमेत भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । कुम्भमा भएको भागदौडपछि भक्तजनले यसको व्यवस्थापनलाई लिएर गम्भीर प्रश्न उठाइरहेको बीबीसी हिन्दीको समाचारमा उल्लेख छ । भागदौडपछि मानिसका सरसामान, लुगा, कम्बल र झोला जताततै छरिएका छन् । मानिसहरू विचलित अवस्थामा देखिन्छन् । कुम्भमेलामा अचानक भागदौड भएको थियो । मानिसहरूले यात्रा गर्ने बाटो फेला पार्न नसक्दा घटना भएको जनाइएको छ । 
    यसैबीच भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग कुरा गरेर स्थितिबारे जानकारी लिएका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार