Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

अमेरिका विमान दुर्घटनाः समुन्द्रबाट ३० जनाको शव निकालियो

  • 307
    SHARES
  • 307 Shares
  • तस्वीर ः गेटी इमेज्स् । 
    काठमाडौं । अमेरिकाको वासिंगटन डीसीमा भएको विमान दुर्घटनामा मृत्यु हुनेको संख्या ३० पुगेको छ। ६४ जना सवार अमेरिकन एयरलाइन्सको विमान हेलिकोप्टरको ठक्करबाट समुन्द्रमा खसेको थियो ।  हालसम्म समुन्द्रबाट ३० जनाको शव निकालिएको बीबीसीले जनाएको छ। स्थानीय समयअनुसार राति ९ बजे रेगन वाशिङटन राष्ट्रिय विमानस्थलनजिक विमान हेलिकोप्टरसँग ठोक्किएको थियो । दुर्घटनामा कुनै पनि यात्रु जीवितै भेटिने सम्भावना नरहेको वासिङटन डिसीका आगलागी तथा आपत्‌कालिन चिकित्सा सेवा प्रमुख जोन ए डोनेली सिनियरलाई उद्धृत गर्दै अमेरिकी सञ्चार माध्यमहरूले जनाएका छन् । घटनास्थलको तापक्रम निकै कम भएको र रातको समय भएकाले उद्धारमा कठिनाइ भएको बताइएको छ । 
    सीबीएस न्यूजका अनुसार प्रमुख डोनेलीले उद्धार कार्य जारी रहेको र मृतकको संख्या बढ्नसक्ने बताएका छन् । उद्धार कार्यमा करिब ३ सय आपत्‌कालीन उद्धारकर्ता, प्रहरीका गोताखोर र डुंगा परिचालन गरिएको बताईएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार