Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

अमेरिकामा विमान दुर्घटनामा ६४ जनाको मृत्युको घट्ना सेलाउन नपाउँदै फेरि विमान दुर्घटना, ६ जनाको मृत्यु

  • 550
    SHARES
  • 550 Shares
  • काठमाडौं । अमेरिकामा फेरि विमान दुर्घटना भएको छ । स्थानीय समयअनुसार शुक्रबार बेलुका साढे ६ बजे फिलाडेल्फियाको रुजवेल्ट मलनजिकै निजी विमान दुर्घटना भएको हो ।  दुर्घटनामा विमानमा सवार ६ जनाकै मृत्यु भएको बीबीसीले जनाएको छ । विमानमा चालक दलका चार सदस्य, एक बिरामी बालक र उनलाई हेरचाह गर्ने एक जना सवार थिए । उनीहरुको परिचय भने खुल्न सकेको छैन । भीडभाड भएको क्षेत्रमा दुर्घटना हुँदा धेरै घर र सवारी साधनमा आगलागी भएको थियो ।
    राष्ट्रपति डोनाल्ड ट्रम्पले घटनाप्रति दुःख व्यक्त गरेका छन् । उनले ट्रुथमा लेखेका छन्, “फिलाडेल्फियामा भएको विमान दुर्घटना देखेर धेरै दुस्ख लाग्यो । धेरै निर्दोष मानिसहरूले हामीलाई छोडे । हाम्रा मानिसहरू उद्धार कार्यमा पूर्ण रूपमा संलग्न छन् । भगवानले सबैको कल्याण गरून् । यसअघि बुधबार राति राजधानी वाशिङ्टन डीसीमा विमान र हेलिकोप्टर ठोक्किएर भएको दुर्घटनामा सबै ६४ जनाको मृत्यु भएको थियो ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार