Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

बङ्गलादेशमा प्रदर्शनकारीले पूर्वप्रधानमन्त्री शेख हसिनाका बुबाको घर जलाए

  • 397
    SHARES
  • 397 Shares
  • एजेन्सी २४ माघ 
    बङ्गलादेशमा फेरि एकपटक हिंसा भड्किएको छ । बुधबार राति पूर्वप्रधानमन्त्री शेख हसिनाका विरोधीहरूले ढाकाको धनमन्डी–३२ मा रहेको उनका बुवा शेख मुजिबुर रहमानको घरमा आगजनी गरेका छन् । साथै उनीहरूले आगलागीबाट बचेको घरसमेत भत्काइदिएको र मुजिबुरको भित्तेचित्रलाई पनि बिगारेको बीबीसी हिन्दीको समाचारमा उल्लेख छ । साथै प्रदर्शनकारीले बुधबार राति र बिहीबार बिहान देशभर हसिनाको पार्टी अवामी लिगका नेताहरूको घरमा तोडफोड गरेका छन् । भारतमा रहेकी हसिनाको अनलाइन कार्यक्रम हुनुभन्दा ठीक अगाडि बङ्गलादेशमा हिंसा सुरु भएको थियो । बङ्गलादेशको अखबार ’द डेली स्टार’को समाचारमा जनाइएअनुसार हसिनाको ’बङ्गलादेशविरोधी गतिविधि’का कारण यो विरोध प्रदर्शन गरिएको हो ।
    अपदस्थ प्रधानमन्त्री हसिनाका विरोधीहरूले उनले भारतमा बसेर बङ्गलादेशविरोधी गतिविधि गरिरहेको आरोप लगाउने गरेका छन् । गत वर्ष बङ्गलादेशमा विद्यार्थी आन्दोलनको हिंसात्मक प्रदर्शनपछि हसिनाले देश छोड्नपरेको थियो । उनी गत वर्षको अगस्ट ५ मा भारत गएकी थिइन् । नेपाल भ्यूजबाट

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार