Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

दक्षिण कोरियाको तेल भण्डारण ट्याङ्की विष्फोट ः एकको मृत्यु,दुई जना घाइते 

  • 764
    SHARES
  • 764 Shares
  • सियोल

    दक्षिण कोरियाको तेल भण्डारण ट्याङ्की विष्फोटमा परी सोमबार एक कामदारको मृत्यु भएको छ । साथै अन्य केही घाइते भएको योनहाप समाचार एजेन्सीले जनाएको छ । राजधानी सियोलबाट करिब ३०० किलोमिटर दक्षिणपूर्वमा रहेको उल्सानको एउटा कारखानामा स्थानीय समयअनुसार बिहान ११ः१५ बजे विष्फोट भएको हो । 
    घटनास्थलमा उपस्थित एक जनालाई अचेत अवस्थामा शल्यक्रियाका लागि अस्पताल लगिएको थियो, तर पछि उनको मृत्यु भएको थियो । ट्याङ्कीको माथि रहेको ह्याच खोलेर भित्र रहेको पेट्रोकेमिकलको मात्रा जाँच गर्ने क्रममा विष्फोटमा परी दुईजना घाइते भएको अनुमान गरिएको छ । विष्फोटपछि लागेको आगो निभाउन दमकल सहितको उपकरण परिचालन गरेको थियो । 
    आगलागी भएको ट्याङ्कीको वरिपरि लुब्रिकेन्ट, बायोडिजेल र अन्य चार–पाँचवटा ट्याङ्की थिए । करिब तीन घण्टापछि आगो पूर्ण रुपमा निभाइएको थियो ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार