Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

नेपाली विद्यार्थी प्रकृति लम्सालको शङ्कास्पद मृत्यु प्रकरण ः केआईआईटीले तीन जना कर्मचारी निलम्बन गर्दै माग्यो माफी

  • 290
    SHARES
  • 290 Shares
  • भारत ६ फागुन
    कलिङ्गा इन्सिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी ९केआईआईटी०ले आफ्ना तीन जना कर्मचारी निलम्बन गरेको छ । ४ फागुनमा कलेजको होस्टलमा नेपाली विद्यार्थी प्रकृति लम्सालको शङ्कास्पद मृत्यु भएको विषयमा छानबिन गर्न केआईआईटीले तीन कर्मचारी निलम्बन गरेको हो । आईआईटीले विज्ञप्ति जारी गर्दै दुई जना सिनियर होस्टल स्टाफ र एक इनटरनेशनल रिलेसन अफिसरलाई निलम्बन गरेको जनाएको छ । यस्तै विद्यार्थीलाई कुटपिट गर्ने दुई जना सुरक्षागार्डलाई पनि जागिरबाट बर्खास्त गरिएको छ । आफूमाथि दुर्व्यहार भइरहेको विषय प्रकृतिले चार हप्ता अघि नै इन्टरनेशनल रिलेसन अफिसरलाई लिखित जानकारी गराएकी थिइन् । तर, प्रकृतिको निवेदनलाई कलेज प्रशासनले गम्भिरतापूर्वक लिएन । 
    यसबाहेक केआईआईटीले नेपाली विद्यार्थीलाई कलेज फर्किन आग्रह गरेको छ । नेपाली विद्यार्थीलाई कलेज फर्किन सहजीकरण गर्नका लागि भनेर केआईआईटीले हटलाइन नम्बर पनि जारी गरेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार