Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

इङ्गल्याण्डमा ८४ करोड नेपाली मूल्य पर्ने सुनको शौचालय चोरी

  • 751
    SHARES
  • 751 Shares
  • काठमाडौं १३ फागुन
    एजेन्सी 
    इङ्गल्याण्डको ब्लेनहाइम दरबारबाट सन् २०१९ मा ४८ लाख पाउण्ड ९८४ करोड नेपाली रुपैयाँ० मूल्यको सुनको शौचालय चोरी भएको थियो ।अदालतमा सुनुवाइको क्रममा यो चोरी केवल पाँच मिनेटमा भएको खुलेको छ । सेप्टेम्बर २०१९ मा अक्सफोर्डशायरको भव्य घरमा कला प्रदर्शनीको भागको रूपमा शौचालय जडान गरिएको थियो र पूर्ण रूपमा सञ्चालनमा थियो । तर, अक्सफोर्डका ३९ वर्षीय माइकल जोन्सले चोरीको आरोप अस्वीकार गरेका छन् । विन्डसरका ३६ वर्षीय फ्रेड डो र पश्चिम लन्डनकी ४१ वर्षीया बोरा गुकुकले आपराधिक सम्पत्ति हस्तान्तरण गर्ने षड्यन्त्रको आरोप अस्वीकार गरेका छन् । मुद्दाको सुनुवाइ अक्सफोर्ड क्राउन कोर्टमा भएको थियो, जहाँ शौचालय सम्भवतः बिग्रिएको र कहिल्यै मर्मत नगरिएको खुलासा भयो ।
    अभियोजक जुलियन क्रिस्टोफर केसीले सेप्टेम्बर १४, २०१९ को बिहान दुईवटा गाडीमा पाँच जनाको गिरोह ब्लेनहाइम दरबारमा प्रवेश गरेको थियो । उनीहरु चोरीपछि केही समय बेपत्ता भएका थिए ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार