Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

गाजामा इजरायली हवाई आक्रमणमा हमासका शीर्ष नेता र उनकी श्रीमतीको मृत्यु

  • 452
    SHARES
  • 452 Shares
  • एजेन्सी १० चैत्र
    गाजाको दक्षिणी सहर खान युनिसमा इजरायलले हवाई आक्रमण गरेको छ । उक्त आक्रमणबाट आफ्ना शीर्ष राजनीतिक नेता सलाह अल–बर्दाविल मारिएको हमासका एक अधिकारीले जानकारी दिएको बीबीसीले जनाएको छ । 
    स्थानीयहरूले हवाई आक्रमणमा बर्दाविल र उनकी श्रीमती दुवैको मृत्यु भएको बताएका छन् । यद्यपि, इजरायली अधिकारीहरूको तर्फबाट अहिलेसम्म कुनै टिप्पणी आएको छैन ।  मङ्गलबार पनि इजरायली सेनाले गाजामा ठूलो आक्रमण गरेको थियो । यी आक्रमणका लागि इजरायलले हमासलाई जिम्मेवार ठहर्याएको छ ।  पछिल्ला आक्रमणहरूले जनवरी १९ मा सुरु भएको र लगभग दुई महिनासम्म शान्ति कायम राखेको युद्धविराम सम्झौता समाप्त पारेको   छ ।   इजरायल र हमासले दुवैले एकअर्कामाथि युद्धविराम सम्झौता उल्लङ्घन गरेको आरोप लगाउँदै आएका छन् ।  हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका एक अधिकारीले दिएको जानकारीअनुसार विगत २४ घण्टामा गाजाका विभिन्न भागमा ३२ प्यालेस्टिनीको मृत्यु भएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार