राजेश कार्की
भानु २९ जेठ
गोविन्द गौतमको लेखन तथा निर्देशन रहने नेपाली कथानक चलचित्र ‘परी’को छायाङ्कन भानु नगरपालिकामा हुने भएको छ । यही जेठ ३१ गतेबाट असार ९ गते सम्म तनहुँको भानु नगरपालिका चुदिँ आसपास ९बाङ्गेरह ,पन्चनगर,अधिकारी गाँउ,चन्द्रावति स्कुल यरिया० लगायतको ठाँउहरुमा छायाङ्कन गर्न लागेको हो ।
फिल्मका मुख्य कलाकार किरण केसी९रातामकै०, दिनेश डिसी ,दीपाश्री निरौला, प्रियङ्का कार्की,लक्ष्मी गिरी, दीपक अधिकारी, रेणु दुलाल , दिगविजय केसी, श्याम राई, घनश्याम गिरी, दीपक अधिकारी, रेणु दुलाल, संगम गौतम, जेशिका पोखरेल, निशा गौतम, अर्नव नागिलालगायतको अभिनय रहनेछ ।
बाबु श्रेष्ठको छायाङ्कन रहने फिल्ममा कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी रहनेछ । फिल्ममा द्वन्द्व रोशन श्रेष्ठ, सङ्गीत दीपक शर्मा र विकास चौधरीको रहनेछ । फिल्मका प्रोजेक्ट म्यानेजर सुवास काफ्ले रहेका छन् ।
फ्लिम निर्देशक,निर्माताको टिमले सहजिकरणका लागि आज भानु नगरप्रमुखसँग समन्वय गरिसकेको छ भने ७० भन्दा बढि चलचित्रको टिम पर्सि सम्म भानु आइपुग्नेछ भने अभिनयका लागि स्थानिय युवा क्लब,आमा समुह,टोलबिकास संस्थासँग समन्वय भइरहेको छ। चलचित्रको शुभसाइत जेठ ३१ गते भानु ५ बाङ्गेरह कालिका मन्दिरमा हुनेछ।
प्रकाशक / कार्यकारि सम्पादक : सानेबहादुर नेपाली
सम्पादक : प्रेम बहादुर कोइराला
कानुनी सल्लाहकार : अमृत बहादुर नेपाली
सूचना बिभाग दर्ता नं ३०२२–०७८/०७९
घरेलु प्रा.फ.र.नं ११५५९–०७८÷०७९
© 2026 All right reserved to janachahana.com | Site By : Sobij