काठमाण्डौं ५ साउन
चर्चित गायिका कला लम्सालको नयाँ गीत सार्वजनिक भएको छ । सधैं जसो तीजको समयमा गीत निकाल्ने चर्चित गायिका लम्साल यसपटक भने फरक ढंगमा प्रस्तुत भएकी छन् । मौलिक, परम्परागत संस्कृतिमा आधारित तीज गीत निकालेर चर्चामा आउने गरेकी उनले अहिले भने फरक तरिकाको गित निकाल्न लागेकी हुन् । गीतको शिर्षक नै अन्टि लभर राखेपछि दर्शकहरु पनि छक्क पर्ने गरेका छन् ।