काठमाडौँ ८ साउन
गायिका रचना रिमालले एलिना चौहान र इन्द्रकला राईसँगको सहकार्यमा तीजको गीत ल्याएकी छिन् । सोमबार रचनाको प्रस्तुतिमा ‘बामरी बसायो’ बोलको तीज गीत सार्वजनिक भएको हो । तीन चर्चित गायिकाहरूको स्वर रहेको गीतमा दीपक शर्माको शब्द तथा संगीत छ भने नरेन्द्र बियोगीले संगीत संयोजनको काम गरेका छन् । सुरेन्द्र बसेलको कोरियोग्राफी रहेको भिडिओमा रचना, एलिना र इन्द्रकलाले नृत्य समेत गरेका छन् । अनुपा विष्टले साथ दिएकी छिन् । भिडिओ गम्भीर विष्टको निर्देशनमा बनेको हो भने छायांकार नवराज उप्रेती र सम्पादन मिलन विश्वकर्माले गरेका हुन् ।
प्रकाशक / कार्यकारि सम्पादक : सानेबहादुर नेपाली
सम्पादक : प्रेम बहादुर कोइराला
कानुनी सल्लाहकार : अमृत बहादुर नेपाली
सूचना बिभाग दर्ता नं ३०२२–०७८/०७९
घरेलु प्रा.फ.र.नं ११५५९–०७८÷०७९
© 2026 All right reserved to janachahana.com | Site By : Sobij