Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

ऋषिङमा आयोजित तीज गीत प्रतियोगितामा ग्याझा आमा समुह प्रथम

  • 1.1K
    SHARES
  • 1.1K Shares
  • जनचाहना न्यूज
    दमौली ८ भदौ 
    नारीहरूको महान पर्व हरितालिका तिजको अवसर पारेर ऋषिङ्ग गाउँपालिकामा आयोजित वडास्तरीय महिला खुला तिज गीत प्रतियोगिता सम्पन्न भएको छ । ऋषिङ्ग गाउँपालिका, ढुङ्गाडे पार्क, वडा नं ६ ढुङ्गाडे पार्कमा आयोजित प्रतियोगितामा ग्याझा आमा समूह, ऋषिङ्ग– १ प्रथम भएको छ । त्यसैगरी द्वितीय लालिगुराँस आमा समूह, ऋषिङ्ग– ५,तृतीय प्रगति महिला संजाल, ऋषिङ्ग– ४ र सान्त्वना नमुना आमा समूह, सुऋषिङ्ग– २ भएको छ । कार्यक्रमको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेले  उदघाटन गर्नुभयो । प्रतियोगितामा सहभागी भई आफ्नो उत्कृष्ट कला प्रदर्शन गर्नुहुने सबै आमा समूहहरूलाई धन्यवाद व्यक्त गर्नुभयो ।  ऋषिङ्गको विकासमा पूर्व र वर्तमान अवस्थाः संघीयतामा महिलाहरूको भूमिका शीर्षकमा आयोजना गरिएको यस प्रतियोगिताले हाम्रो संस्कृतिलाई जीवन्त राख्दै महिला सशक्तिकरणको सन्देश पनि फैलाएको अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले बताउनुभयो ।  

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार