Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

बन्दीपुर केवलकारमा तीज गीत प्रतियोगिता ः व्यासज्योति समूहले जित्यो रु.एक लाख बढी राशीको प्रथम पुरस्कार

  • 633
    SHARES
  • 633 Shares
  • जनचाहना न्यूज
    तनहुँ ११ भदौ  
    बन्दीपुर केवलकार बटम स्टेशनमा आयोजित खुल्ला तीज गीत प्रतियोगितामा प्रथम पुरस्कार व्यास ज्योति धर्म जागरण समुहले चुम्न सफल भएको छ । प्रतियोगितामा सहभागी २८ वटा समूहलाई पछि पार्दै ३७० दशमलव ४ अंङ्क प्राप्त गरी पहिलो पुरस्कार हात पारेको हो । 
    मंगङलबार भएको फाइनल प्रतियोगितामा आठ समुहबीच प्रतिस्पर्धामा भएको  निर्णायक समितिका संयोजक नारायणी अधिकारीले जानकारी दिनुभयो ।  
    त्यसैगरी युनाइटेड क्लब पोखराले ३६५ दशमलव ३८ अंङ्क प्राप्त गरी द्वितीय, पुर्कोट युनेस्को क्लबले ३५१ दशमलव १८ अंङ्क पाएर तृतीय र ऋषिङ पाटन आमा समूहले ३२१ दशमलव ८२  अंङ्क पाएर सान्तवना स्थान भएको छ । 
    उनीहरुले क्रमश ः रु.एक लाख ११ हजार १११,द्वितीय रु.५५ हजार ५ सय ५५,तृतीय  २५ हजार ५ सय ५५ र सान्त्वना  ११ हजार १ सय ११ तथा प्रमाणपत्र प्राप्त गरेका छन् ।  
    बन्दीपुरहिलका अध्यक्ष रामचन्द्र शर्माले बिजयी समुहलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्नुभएको थियो । भाषा, साहित्य र संस्कृतिको संरक्षणका लागि केवलकारले विगतदेखि तीज गीत प्रतियोगिताको आयोजना गर्दै आएको उहाँले बताउनुभयो । 
    बन्दीपुर केवलकारको बटम स्टेशनमा यही भदौ ६ गतेदेखि १० गतेसम्म खुल्ला तीज गीत प्रतियोगिता भएको थियो । 
    प्रतियोगितामा मुख्य प्रायोजक बन्दीपुर केवलकार एण्ड टुरिजम लिमिटेड,सहप्रायोजकमा नेको इन्स्युरेन्स लिमिटेड र सहयोगीमा बाह्रसिंह्रे,चन्द्र निर्माण सेवा,डिजाइन स्टेशन,मुस्ताड प्लाजा,ड्राइभ इन,घुमाउने घर र आदियोगी प्रन्जनधाम रहेका थिए । 

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार