Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

आज दर्शक भेट्न दमौली आउदै ‘जेरी अन टप’का कलाकार अनमोल, जसिता र आँचल

  • 580
    SHARES
  • 580 Shares
  • दमौली १० कार्तिक
    असोज ३१ गते शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘जेरी अन टप’ यतिबेला देशभर प्रदर्शन भइरहेको छ । फिल्मले प्रदर्शन देखि निरन्तर राम्रो दर्शक पाउन सफल भएको छ । यसैबिच दर्शक प्रतिक्रिया बुझ्न फिल्म युनिट सोमबार मोफसल टुरमा आउन लागेका छन । 
    अभिनेता अनमोल केसी, अभिनेत्रीद्वय जसिता गुरुङ र आँचल शर्मासहितको टिम भोलि सोमबार दर्शक भेट्न दमौली स्थित क्युएफएक्स एपेक्सको हलमा आउने भएका छन । 
    सो अवसरमा फिल्म युनिटले क्युएफएक्स एपेक्समा दिउँसो साढे २ देखि ३ बजेको समयमा दर्शक भेट्ने कार्यक्रम रहेको छ । दर्शकसँग फिल्म हेर्ने र प्रतिक्रिया लिने उद्देश्यले आफूहरू मोफसल यात्रामा निस्किएको अभिनेता अनमोल केसीले बताए । दर्शक प्रतिक्रियाले आगामी दिन आफूलाई अगाडि बढ्न सहज हुने उनको भनाई रहेको   छ । सुयोग गुरुङको निर्देशन रहेको फिल्ममा अनमोल, जसिता, आँचलको अलवा भुवन केसी, केदार घिमिरे, उषा खड्गी, सुरक्षा पन्तलगायतका कलाकारको अभिनय छ ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार