जनचाहना न्यूज
दमौली १३ मंसिर
पहाडकी रानी बन्दीपुरमा आयोजित छैठौं बन्दीपुर महोत्सवको शनिबार ज्योति मगरले स्टेज तताउने भएकी छन् । तनहुँ उद्योग बाणिज्य संघ बन्दीपुर बजार इकाईको आयोजनामा मंसिर १० गतेदेखि आयोजित महोत्सवमा चोलेन्द्र पौडेल,नेत्र खड्का,सीतामाया गुरुड,ममता तामाड,मेघनाथ रिमाल र राजेश भण्डारीको बेजोड प्रस्तुती रहने छ । मंसिर २१ गतेसम्म बन्दीपुर टुँडिखेलमा संचालन हुने महोत्सवको संरक्षकमा बन्दीपुर गाउँपालिका रहेको छ ।