Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

छैठौ आदिवासी महोत्सव ः आजको मुख्य आकर्षण शान्तिश्री परियारको प्रस्तुति रहने

  • 490
    SHARES
  • 490 Shares
  • दमौली ४ माघ 
    नेपाल आदिवासी जनजाति महासंघ तनहुँद्वारा आजदेखि सञ्चालन हुने ‘भाषा, लिपि, धर्म, संस्कृति र सभ्यताको जगेर्ना तथा हस्तान्तरणमा एक्यबद्धता, खुला जीवन्त सांस्कृतिक संग्रहालय निर्माण र पर्यटन विकासमा प्रतिबद्धता’ भन्ने नाराका साथ छैठौं आदिवासी जनजाति तनहुँ सांस्कृतिक एवं पर्यटन महोत्सव–२०८२ सञ्चालन भइरहेको छ । 
    व्यास नगरपालिका–३ अनसनचौतारी दमौलीमा चलिरहेको महोत्सवमा आज (आइतबार) प्रशिद्ध गायिका शान्तिश्री परियारको प्रस्तुति रहने महोत्सव मुल समारोह समिति संयोजक सनम तामाङले जानकारी दिनुभयो । उहाँका अनुसार गायिका शुभद्रा श्रेष्ठ, गायक मेघनाथ रिमाल, बलबहादुर घर्ती मगरलगायतका कलाकारले महोत्सवको ११औँ दिनमा आ–आफ्नो प्रस्तुति राख्दै मनोरञ्जन दिनेछन् । 
    “यी मुख्य आकर्षणको संरचना भए पनि मौलिक संस्कार, संस्कृति संरक्षण प्राथमिकता हो”, उहाँले भन्नुभयो, “मुनाफाले जीवन्त सांस्कृतिक संग्राहलय निर्माण भएकोले आम्दानी बढाउने विषय प्राथमिकतामा छन् ।” आकर्षणको रुपमा मगर, दरै, कुमाल र माझीको परम्परागत घर, आइफिल टावर, लण्डन ब्रिजलगायतका संरचनाले दर्शकलाई आकर्षित गर्ने महासंघका सचिव जीवन गुरुङ ‘कुमार’ले बताउनुभयो । 
    परिषद्का कोषाध्यक्ष ठाकुुर दरैका अनुसार महोत्सवबाट करिब रु.७३ लाख आम्दानी गर्ने लक्ष्य लिइएको भने रु.५८ लाख खर्च हुने अनुमान गरिएको छ । महोत्सवबाट रु.१५ लाख बचत गर्ने लक्ष्य लिइएको कोषाध्यक्ष दरैले बताउनुभयो । कला, संस्कृति, भाषा, धर्म र सभ्यताको संरक्षण तथा प्रवद्र्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको हो । 

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार