Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

व्यासका चौधवटै वडाका ७० जना युवायुवतीले लिए कृत्रिम बौद्धिकता सम्बन्धी ज्ञान हासिल

  • 384
    SHARES
  • 384 Shares
  • जनचाहना न्यूज
    तनहुँ ३० जेठ  
    स्थानीय तहको कार्यसम्पादन र सार्वजनिक सेवालाई आधुनिक बनाउने उद्देश्यले जिल्लाको व्यास नगरपालिकाले यहाँका ७० जना युवायुवतीलाई कृत्रिम बौद्धिकता सम्बन्धी नवीन प्रविधिको ज्ञान प्रदान गरेको छ ।  नगरपालिकाले समग्र विकास र डिजिटल सुशासनमा युवा शक्तिलाई सरिक गराउने नीति अन्तर्गत व्यासका १४ वटा वडाका ५–५ जनाका दरले  सहभागीलाई प्रविधिको व्यावहारिक प्रयोग गराइएको हो । 
    स्थानीयस्तरमै प्रविधिको उपयोगलाई प्राथमिकतामा राखेर संचालन गरिएको दुई दिवसीय विशेष क्षमता विकास कार्यक्रमले प्रभावकारी भूमिका निर्वाह गर्ने विश्वास लिइएको प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्सालले जानकारी दिनुभयो । 
    उहाँका अनुसार व्यास नगर खेलकुद समितिको समन्वयमा एआईका आधारभूत सिद्धान्तदेखि दैनिक कार्यसम्पादन र सेवा प्रवाहमा यसको प्रयोगबारे प्रयोगात्मक जानकारी गराइएको    थियो । 
    स्थानीय सरकारले युवाहरूलाई समयसापेक्ष प्रविधिसँग अभ्यस्त गराउन र नगरपालिकाको सेवालाई प्रविधिमैत्री बनाउने उद्वेश्यले यस किसिमको रणनीतिक कदम चालेको बताउनुभयो ।
    आगामी दिनमा यसलाई नगरपालिकाको वार्षिक नीति र कार्यक्रममै संस्थागत गर्दै लैजाने योजना रहेको नगरपालिकाले जनाएको छ ।
    प्रमुख प्रशिक्षक केशव घिमिरे र प्रशिक्षक विवेक भट्टराईले एआईको रचनात्मक प्रयोग र प्रविधिको क्षेत्रमा सिर्जना हुन सक्ने नयाँ अवसरहरूबारे युवाहरूलाई मार्गदर्शन गर्नुभएको  थियो । 

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार