Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

रसुवाका बाढी प्रभावित क्षेत्रमा डिशहोमको निःशुल्क स्याटेलाइट इन्टरनेट सेवा सुरू ः सूचना आदान प्रदान र उद्धारमा सहज हुने अपेक्षा

  • 249
    SHARES
  • 249 Shares
  • काठमाडौं २३ भदौ 
    बाढीका कारण सञ्चार सेवा अवरुद्ध भएको रसुवाका प्रभावित क्षेत्रहरूमा डिश मिडिया नेटवर्क लिमिटेड ९डिशहोम० ले निःशुल्क स्याटेलाइट इन्टरनेट सेवा सुरु गरेको छ। बाढीले रसुवाका विभिन्न क्षेत्रमा दूरसञ्चार तथा इन्टरनेट पूर्वाधारमा ठूलो क्षति पुर्‍याएपछि सञ्चार सम्पर्क छ । सूचना आदान–प्रदान र उद्धार कार्यलाई सहज बनाउन डिशहोमले युटेलस्याट वनवेबसँगको सहकार्यमा यो सेवा सञ्चालनमा ल्याएको जनाएको छ ।
     नेपाल दूरसञ्चार प्राधिकरणको स्वीकृति र समन्वयमा प्रभावित क्षेत्रमा खटिएका सरकारी कार्यालय, सुरक्षा निकाय, उद्धार तथा राहत शिविर र समन्वय केन्द्रहरूमा निःशुल्क इन्टरनेट सेवा उपलब्ध गराइएको कम्पनीले जनाएको छ । 
    डिशहोमले युटेलस्याट वनवेबको ‘लो(अर्थ अर्बिट’स्याटेलाइट प्रविधि प्रयोग गरेको छ। यो प्रविधिले जमिनमा रहेका तार वा टावरहरूक्षतिग्रस्त भएको अवस्थामा पनि भरपर्दो वैकल्पिक कनेक्टिभिटी प्रदान गर्ने बताइएको छ । 
    कम्पनीले भनेको छ, ‘परम्परागत दूरसञ्चार सेवा अवरुद्ध हुँदा भरपर्दो वैकल्पिक माध्यम उपलब्ध गराउनु हाम्रो प्राथमिकता हो। बाढी प्रभावित क्षेत्रमा सञ्चार पूर्वाधार पूर्ण रूपमा मर्मत नभएसम्म हामी यो सेवा र सहयोगलाई निरन्तरता दिनेछौँ।’

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार