Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

फिफा विश्वकप २०२६ ः जेड बेलिंघमको दुई गोलमा नर्वे पराजित

  • 205
    SHARES
  • 205 Shares
  • काठमाडौं २८ असार 
     जुड बेलिङ्घमको उत्कृष्ट प्रदर्शनको मद्दतमा इंग्ल्यान्डले अतिरिक्त समयमा नर्वेलाई २–१ ले पराजित गर्दै फिफा विश्वकप २०२६ को सेमिफाइनलमा स्थान बनाएको छ। 
    मियामी स्टेडियममा शनिबार भएको क्वार्टरफाइनलमा नर्वेले ३६औँ मिनेटमा अग्रता लिएको थियो। एन्ड्रियास स्केल्डरअपले उत्कृष्ट गोल गर्दै टोलीलाई १–० को अग्रता दिलाएका थिए। पहिलो हाफको इन्जुरी समयमा जेड बेलिंघमले व्यक्तिगत कौशल प्रदर्शन गर्दै बराबरी गोल फर्काएपछि खेल १–१ को अवस्थामा पुग्यो। त्यसलगत्तै ह्यारी केनले गोल गरे पनि अफसाइडका कारण गोल मान्यता पाएन। 
    दोस्रो हाफमा नर्वेका टोर्ब्योर्न हेग्गेमले गरेको गोल भिडियो सहायक रेफ्री ९ख्ब्च्० ले रद्द गरिदियो। कर्नरको क्रममा एर्लिङ हालान्डले इलियट एन्डरसनलाई धक्का दिएको पुष्टि भएपछि गोल अमान्य ठहरिएको थियो। खेलको निर्धारित ९० मिनेटमा दुवै टोलीले थप गोल गर्न नसकेपछि खेल अतिरिक्त समयमा पुगेको थियो। अतिरिक्त समयमा बेलिङ्घमले निर्णायक गोल गर्दै इंग्ल्यान्डलाई २–१ को जित दिलाए। मोर्गन रोजर्सको शक्तिशाली प्रहार नर्वेका गोलरक्षक ओर्यान नाइल्यान्डले नियन्त्रणमा लिन नसक्दा रिबाउन्डमा बेलिङ्घमले सहजै गोल गरेका थिए।
    यस जितसँगै प्रशिक्षक थोमस टुखेलको नेतृत्वमा रहेको इंग्ल्यान्ड विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ। अब इंग्ल्यान्डले जुलाई १५ मा एटलान्टा स्टेडियममा हुने सेमिफाइनलमा साविक विजेता अर्जेन्टिना वा स्विट्जरल्यान्डमध्ये एकसँग प्रतिस्पर्धा गर्नेछ।
    रियल म्याड्रिडका स्टार मिडफिल्डर बेलिङ्घम खेलका नायक बनेका थिए। उनले दुई गोल गर्दै इंग्ल्यान्डको विश्वकप उपाधि यात्रालाई जीवित राखेका छन्। नेपाल प्रेसबाट

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार