काठमाण्डौ १८ कार्तिक
नेपाल प्रिमियर लिग ९एनपिएल० अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेल जनकपुर बोल्ट्स र लुम्बिनी लायन्स बिच हुनेछ । यो खेल दिउँसो १२।३० बजे सुरु हुनेछ ।
पछिल्ला तीन खेलबाट ५ अंक बटुलेर लिगको शीर्ष स्थानमा रहेको डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स बिचको खेल निकै रोमाञ्चक हुने अनुमान गरिएको छ । अंक तालिकामा जनकपुर चार खेलबाट ४ अंक सहित चौथो स्थानमा छ । त्यस्तै, अर्को खेल बिराटनगर किंग्स र काठमाण्डु गोर्खाज बिच साँझ ५ बजे हुनेछ । सन्दीप लामिछानेको कप्तानीमा रहेको बिराटनगर किंग्स ब्याटिङ र बलिङ दुबैमा निकै उत्कृष्ट फर्ममा रहेको छ तर फिल्डिङमा कमजोरी भएपछि यसअघिका दुई खेलमा झिनो अन्तरले पराजित भएको थियो । यद्यपी, तुलनात्मक रुपमा कमजोर खेल प्रदर्शन गरिरहेको काठमाण्डु गोर्खाजले आजको खेल जित्न उत्कृष्ट प्रदर्शन गर्नुको विकल्प छैन । हाल अंक तालिकामा ४ खेलबाट ४ अंक बटुलेको बिराटनगर दोस्रो स्थानमा छ । काठमाण्डु गोर्खाज भने २ खेलबाट २ अंक सहित सातौं स्थानमा छ ।
प्रकाशक / कार्यकारि सम्पादक : सानेबहादुर नेपाली
सम्पादक : प्रेम बहादुर कोइराला
कानुनी सल्लाहकार : अमृत बहादुर नेपाली
सूचना बिभाग दर्ता नं ३०२२–०७८/०७९
घरेलु प्रा.फ.र.नं ११५५९–०७८÷०७९
© 2026 All right reserved to janachahana.com | Site By : Sobij