काठमाडौं १८ कार्तिक
नेपाल प्रिमियर लिग ९एनपीएल० अन्तर्गत लुम्बिनी लायन्सले जित निकालेको छ । भर्खरै सम्पन्न खेलमा लुम्बिनीले पोखरा एभेन्जर्सलाई ८ विकेटले हराएको हो । पोखराले दिएको ९८ रनको लक्ष्य लुम्बिनीले ११।४ ओभरमा २ विकेट गुमाएर ५० बल बाँकी छँदै भेट्टायो । कप्तान रोहित पौडेलले अविजित ४७ रनको पारी खेले । यस्तै, निरोशन डिकवेला २७ रनमा नटआउट रहे । बलिङतर्फ पोखराका विपिन खत्रीले एक विकेट लिए । त्यसअघि टस हारेर ब्याटिङ थालेको पोखराले २० ओभरमा ९ विकेटको क्षतिमा ९७ रन जोड्यो । चमिका करुणारत्नेले २५, कुशल भुर्तेलले १४, मेहदी हसनले १३ तथा किरण ठगुन्नाले १२ रन बनाउँदा अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । पोखरालाई सस्तैमा समेट्न लुम्बिनीका रुबेन ट्रम्पलमानले तीन तथा तिलक भण्डारीले दुई विकेट लिए भने शेर मल्ल, रोहित पौडेल र अभिशेष गौतमले एक–एक सफलता हात पारे । जितसँगै लुम्बिनी तीन खेलमा दुई जित र १ अनिर्णित खेलसहित ५ अंक जोडेर तालिकाको शीर्षस्थानमा उक्लिएको छ । अर्कोतर्फ जारी प्रतियोगितामा पोखराको तेस्रो हार हो । तीन खेलमा तीनै हार बेहोरेको पोखरा अंकतालिकाको पुछारमा छ ।
प्रकाशक / कार्यकारि सम्पादक : सानेबहादुर नेपाली
सम्पादक : प्रेम बहादुर कोइराला
कानुनी सल्लाहकार : अमृत बहादुर नेपाली
सूचना बिभाग दर्ता नं ३०२२–०७८/०७९
घरेलु प्रा.फ.र.नं ११५५९–०७८÷०७९
© 2026 All right reserved to janachahana.com | Site By : Sobij