Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

ट्राफिक प्रहरी छेउमै टिपरकाे ठक्करबाट स्कुटी चालकको मृत्यु

  • 292
    SHARES
  • 292 Shares
  • रुपन्देही ।बुटवलको राजमार्ग चौराहामा ट्राफिक प्रहरीको छेउमा टिपरको ठक्करबाट एक जनाको मृत्यु भएको छ । आज टिप्परले ठक्कर दिएर स्कुटी चालकको मृत्यु भएको हो ।

    मृत्यु हुनेमा सिद्धार्थनगर नगरपालिका–५, बैंकरोड, भैरहवाका ६० वर्षीय तारचन सुनार रहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार भैरहवाबाट बुटवलतर्फ आउँदै गरेको लु २ ख ३००२ नम्बरको टिपरले सोही दिशातर्फ अघि बढिरहेको स्कुटीलाई ठक्कर दिएको हो।

    प्रत्यक्षदर्शीका अनुसार ट्राफिक प्रहरी छेउमा रहेका बेला बुटवलको व्यस्त चौराहामा तीव्र गतिमा आएको टिपरले अगाडि गुडिरहेको स्कुटीलाई पछाडिबाट ठक्कर दिएको थियो।

    दुर्घटनामा स्कुटी पूर्ण रूपमा क्षतिग्रस्त भएको छ। घटनापछि चौराहामा खटिएका ट्राफिक प्रहरी र स्थानीयवासीले घाइते सुनारको तत्काल उद्धार गरी उपचारका लागि अस्पताल पुर्‍याएका थिए। उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

    इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी निरीक्षक थमन जिसीका अनुसार मृतकसँग रहेको करिब दुई लाख ५० हजार रुपैयाँ नगद सुरक्षित अवस्थामा फेला परेको छ।

    दुर्घटनामा संलग्न टिप्पर र चालकलाई घटनास्थलबाटै नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। चालकलाई इलाका प्रहरी कार्यालय बुटवलमा राखी घटनाबारे थप अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाइएको छ।

     नेपाल प्रेस

     

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार