Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

सुनसरीमा दुई समुदाय बीच हिँ,सा भड्,किएपछि रवि लामिछानेको आह्वानमा सर्वदलीय बैठक सुरु

  • 148
    SHARES
  • 148 Shares
  • काठमाडौं  १३ साउन
    राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति रवि लामिछानेको आह्वानमा सुनसरी घटनालगायत समसामयिक विषयमा छलफल गर्न सर्वदलीय बैठक सुरु भएको छ।  बैठकमा नेपाली काग्रेसका सभापति गगनकुमार थापा, नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका महासचिव शङ्कर पोखरेल, जनमतका पार्टीका अध्यक्ष सिके राउत, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, अर्थमन्त्री स्वणिम वाग्ले, नेपाली काग्रेसका संसदीय दलका नेता भीष्मराज आङदेम्बे, रास्वपाका उपनेता गणेश पराजुली,  रास्वपाका महामन्त्री  विपिन कुमार आचार्य, राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक खुश्बु ओली, श्रम संस्कृति पार्टीका प्रमुख सचेतक आरेन राईलगायत उपस्थिति छन् । 
    सुनसरी घटनापछि उत्पन्न परिस्थितिमा सामाजिक सद्भाव कायम राख्ने, द्वेष फैलिन नदिने तथा शान्ति–सुरक्षालाई सुदृढ बनाउन प्रशासनिक प्रयाससँगै राजनीतिक तहबाट पनि साझा सन्देश र अपिल आवश्यक रहेको निष्कर्षसहित बैठक आयोजना गरिएको रास्वपाले जनाएको छ। न्यूज पोलरबाट 

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार