Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

तनहुँसूरको भाइरल चौतारीमा परिचयात्मक भेटघाट तथा अर्थपूर्ण छलफल

  • 499
    SHARES
  • 499 Shares
  • जनचाहना न्यूज
    दमौली १६ साउन
    जिल्लाको व्यास नगरपालिका वडा नं ११ स्थित धरमपानी–तनहुँसुरमा विविध पेशा तथा व्यवसायमा आबद्ध व्यक्तित्वहरूसँग परिचयात्मक भेटघाट तथा समसामयिक विषयमा बौद्धिक एवं अर्थपूर्ण छलफल सम्पन्न भएको छ । 
    सहकार्य, संवाद र साझा सोचबाट समृद्ध तनहुँको यात्रालाई अझ सशक्त बनाऔँ भन्ने मूल नाराका साथ तनहुँसूरको भाइरल चौतारीमा आयोजित कार्यक्रममा सहभागी व्यक्तित्वहरुले एक आपसमा आफ्ना मूल्य समय र विचार प्रदान गरेका थिए ।

    111.jpg
    undefined

    कार्यक्रमको सफल आयोजनामा विशेष भूमिका निर्वाह गर्नुभएका राजु दाहाल आफ्नो विशेष उपस्थितिबाट कार्यक्रमलाई थप अर्थपूर्ण बनाउनुभएका डा.शेष रमण न्यौपानेज्यू र  पदम न्यौपानेप्ति विशेष आभार व्यक्त गरिएको छ । यस्ता भेटघाट, संवाद र बौद्धिक छलफलले स्थानीय सम्भावना, विकास र समृद्धिका लागि नयाँ सोच, दृष्टिकोण र सहकार्यको वातावरण निर्माण गर्न महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास गरिएको  छ । 

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार