Nov 14 2026 | २०८३, कार्तिक २९ गते

Nov 14 2026 | २०८३, कार्तिक २९ गते

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक ः साउन २४ गते दिउँसो १ बजे बस्ने

  • 297
    SHARES
  • 297 Shares
  • काठमाडौं  १७ साउन
    नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक आगामी श्रावण २४ गते आइतबार दिउँसो १ बजे बस्ने जनाएको छ। पार्टीको केन्द्रीय कार्यालय बी।पी। स्मृति भवन, बी।पी। नगर, ललितपुरमा बस्ने बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूलाई उपस्थित हुन अनुरोध गरिएको छ।
    कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालद्वारा जारी सूचनाअनुसार बैठकमा सहभागी हुन केन्द्रीय कार्यसमितिका सबै पदाधिकारी र सदस्यहरूलाई निर्देशानुसार उपस्थितिका लागि आग्रह गरिएको हो। 
    बैठकको कार्यसूची भने सूचनामा सार्वजनिक गरिएको छैन। बैठकमा समसामयिक राजनीतिक विषय, पार्टीका आन्तरिक संगठनात्मक गतिविधि तथा आगामी कार्यक्रमबारे छलफल हुने अपेक्षा गरिएको छ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार